यस श्री जलदेवी माध्यमिक  विद्यालयमा शैक्षिक सत्र २०७६ को कक्षा ९ र १० पढ्ने विद्यार्थीहरूलाई आवेदन भर्ने प्रक्रिया सुरू भएको छ । फारम यसै कार्तिक ५ गते भित्र भरिसक्नु पर्नेछ । कक्षा ९ का विद्यार्थीले २०७७ मा हुने SEE परीक्षामा सहभागी हुनका लागि रजिष्ट्रेशन फारम भर्नेछन् भने कक्षा १० का विद्यार्थीले २०७६, चैत्रमा सञ्चालन हुने  SEE परीक्षा सहभागी हुनका लागि परीक्षा फारम भर्नेछन् ।  फारम भर्दा  विद्यार्थीले निम्न बमोजिम कागजात पेश गर्नुपर्नेछ ।

कक्षा ९

  • जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • पासपोर्ट साईजको फोटो ३ प्रति
  • अन्य विद्यालयबाट कक्षा ८ अध्यायन गरेर यस विद्यालयमा कक्षा ९ र १० मा भर्ना हुन आएका  विद्यार्थीले कक्षा ८ को लव्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। तर यसै विद्यालयमा कक्षा ८ अध्यायन गरेको विद्यार्थीले भने पेश गर्न पर्दैन ।
  • फारम शुल्क

कक्षा १०

  • रजिष्ट्रेशन कार्डको प्रतिलिपि
  • पासपोर्ट साईजको फोटो ३ प्रति
  • फारम शुल्क

समयावधिभित्र फारम नबुझाउने  विद्यार्थीले परीक्षामा सहभागी हुन नपाउने भएकाले विद्यार्थीले यो फारम अनिवार्य रहेको छ।