व्यास–१ भादगाउँमा रहेको जलदेवी माध्यमिक विद्यालयमा रुम टु रिडको सहयोगमा सञ्चालित बालिका शिक्षा तथा साक्षरता कार्यक्रम प्रभाकारी देखिएको छ ।

रुम टु रीड गैह्र सरकारी संस्थाले यसै वर्ष कक्षा ६ बाट कक्षा १२ सम्म अध्ययन गर्ने वालिकाहरुमा यो कार्यक्रम सञ्चालन गरिएको छ । जस अन्तर्गत कक्षा ६ मा अध्ययनरत १२ जना वालिकाहरु समावेश रहेका छन् । उनीहरुलाई जीवनपयोगी सीप, तालिम दिने नानीहरुसँग मेन्टोरिङ्ग, काउन्सीलिङ्ग गर्ने, अभिभावक भेला गर्ने र शैक्षक सामाग्रीहरुमा सहयोग गर्ने जस्ता क्रियाकलापहरु पर्ने बताइएको छ ।

अहिलेका विद्यार्थीहरुमा विद्यालय भर्ना त हुने र विभिन्न कारणले विद्यालय छोड्ने समस्या धेरै नै देखिएको कारण यस्तो समस्या पनि हट्ने, वालिकाको माध्यमिक तह सम्मको पढाई पूरा गराउन सहयोग गर्ने, जीवनपयोगी सीपको माध्यमबाट वालिकाहरुलाई सक्रिय बनाई आइपरेका समस्या आफैं समाधान गर्न सक्ने बनाउने, जीवनका महत्वपूर्ण निर्णयहरु आफै लिन सक्ने बनाउने तथा भविष्यमा लक्ष्य निर्धारण गर्नको लागि प्रोत्साहन र अति दयनिय आर्थिक अवस्था भएका वालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने लगायतका उद्देश्यहरु रहेको वालिका शिक्षा कार्यक्रमाका समाजिक परिचालक लक्ष्मी नेपालले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक जयराम सेंढाईले यस्ता कार्यक्रमहरुले न्यून आय भएका वालिकाहरु बिचैमा कक्षा छाड्ने दरलाई घटाई शिक्षामा निरन्तरता रहने बताउनु भयो । कक्षा ६ मा अध्ययनरत छात्रा अनुषा परियारले यो कार्यक्रम अति उपयोगी रहेको बताइन् । फोकल शिक्षक रेखा पाण्डे विद्यार्थीहरुमा आत्मवल बढ्नुका साथै नियमितता समेत बढेको बताउनु हुन्छ । अभिभावक हरिमाया थापा गरिब वालिकाहरुलाई यस्ता कार्यक्रम अति उपयोगी हुने बताउँदै जिल्लाका हरेक शैक्षिक संस्थाहरुमा यस्ता कार्यक्रमहरु पु¥याउनु पर्ने बताउनु हुन्छ ।

कार्यक्रम अन्तर्गत कक्षा ६ का वालिकाहरुले कक्षा ६ मा १६ वटा जीवन उपयोगी सीप पूरा गरिसकेका छन् । जस अन्तरगत समूहमा मिलेर कसरी बस्ने, आफूले आफूलाई कसरी चिन्ने, कसरी समस्याको हल गर्ने, सहि निर्णय कसरी लिने, रिसलाई कसरी व्यवस्थापन गर्ने, भविष्यका लागि लक्ष्य निर्धारण कसरी गर्ने, साथीको दवाव, भावनाका कुरा कसरी बुझ्ने, महिनावरी तथा शरिरको परिवर्तन जस्ता सीपहरु सिक्दै आएको बताइएको छ ।
कक्षा ६ मा जीवन उपयोगी सीप तालिम पूरा गरेका १२ जना वालिकाहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र वितरण गरी हौसला प्रदान गरिएको विद्यालयले जनाएको छ । रुम टु रीडले विद्यालयमा सुविधा सम्पन्न पुस्तकालयको व्यवस्थापन पनि गरिदिएको छ ।