शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिन लागेकाे परीक्षा स्थगित गरेकाे छ । प्रधानमन्त्री कार्यालयको निर्देशनमा आयोगले भाद्र १० गतेका लागि निर्धारित परीक्षा रोकेको हो । परीक्षा रोकिनुमा अविरल बर्षाले उत्पन्न असहज परिस्थितिलार्इ कारण औल्यार्इएको छ ।
आउँदो असोज ८ सम्मलार्इ परीक्षा स्थगित गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको आयोगले जनायो । परीक्षा स्थगित हुँदा अस्थार्इ शिक्षक समस्या समाधानका लागि संशोधन गरिएको शिक्षा एेन कर्यान्वयन हुन सकेन ।
0 Comments