भादगाउँ, तनहुँ- श्री जलदेवी माध्यमिक विद्यालयद्धारा नारीहरूको महान् पर्व तिज २०७४ का अवसरमा गत शुक्रबार आयोजना गरिएको तिज नृत्य प्रतियोगीताका विजेताहरूलार्इ पुरस्कार वितरण गरिएको छ । उक्त प्रतियोगीतामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतियोगीतामा "ग्रीन हाउस"का तर्फबाट कक्षा १० की रेनिला थापा प्रथम भएकी थिर्इन भने "ग्रीन हाउस"कै तर्फबाट कक्षा ९ (क) का छात्र पुरन नेपाली र दिपक शाही, कक्षा ८ (ख) की कल्पना ठकुरी र कक्षा ८(क) की सविता मगरातीको सामुहिक नृत्यले दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। ग्रीनहाउस कै कक्षा ७(क) की छात्रा कविता थापा भने तेस्रो स्थानमा पर्न सफल भर्इन् ।
कार्यक्रममा विद्यालयका प्रा.वि. इन्चार्ज श्री धनराज हड्खलेले टिका लगार्इ प्रधानाध्यापक श्री रोहिणी राज पौडेलले पदक वितरण गर्नुभएको थियो भने विद्यालयका शिक्षक श्री मिलन थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकले सम्पुर्ण विजेताहरूलार्इ बधार्इ दिदै भोलिका दिनहरूमा पनि यस्ता सहभागितामुलक र विद्यार्थीको सिप र ज्ञान बढाउने कार्यक्रमहरू गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।




0 Comments