नारीहरूको महान चाड तिज २०७४ को उपलक्ष्यमा प्रधानाध्यापक श्री रोहिणीराज पौडेलको अध्यक्षतामा तिज नृत्य प्रतियोगीता सम्पन्न भएको छ । सो प्रतियोगीता भाद्र २ गते शुक्रबारका  दिन आयोजना भएको  थियो । रेड हाउस, ग्रीन हाउस, एल्लो हाउस र ह्वार्इट हाउस गरी  विभिन्न चार समुहमा विभाजन गरि सोही विद्यालयमा अध्यायनरत विद्यार्थीहरू विच प्रतिस्पर्धा गरार्इएको  थियो । प्रतिस्पर्धामा विद्यार्थीहरूको उत्साहजनक सहभगिता रहेको थियो । यहाँ उक्त प्रतियोगिताका केहि भिडियोहरू राखिएको छ ः