तनहुँ जिल्लाको सबैभन्दा पुरानो इतिहास बोकेको विद्यालय श्री जलदेवी मा.वि., व्यास १, भादगाउँ, तनहुँको नयाँ चारकोठे भवनको व्यास नगरपालिका, वडा नं. १ का अध्यक्ष खरसिंह दरै र प्रधानाध्यापक जयराम सेढाइले बुधबार विहान शिलान्यास गर्नुभएको छ । शिलान्यासमा पण्डित पिताम्बर पौडेलले मन्त्र वाचन गर्नुभएको थियो ।  करिब ६८ लाखको लागतमा सो आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ, तनहुँ (शिक्षा)द्वारा  उपलब्ध गराइएको हो । 

विगत केही वर्ष देखि विद्यालयले शैक्षिक गुणस्तरमा निकै ठूलो फड्को मारेको छ । भवन शिलान्यास गर्दै भौतिक पूर्वाधारमा पनि सुधार गर्नुपर्ने भएकाले उक्त भवन निर्माण गर्न लागेको प्रधानाध्यापकले बताउनुभयो । उक्त भवन फाल्गुन महिना सम्ममा सम्पन्न भइसक्ने पनि उहाँले जानकारी गराउनु भयो ।