शिक्षा क्षेत्रबारे जानकारी दिन शिक्षा पोर्टलको स्थापना भएको छ । शैक्षिक संस्थाहरुलाई अत्यन्तै उपयोगी ई–शिक्षा पोर्टल मंगलबार उद्घाटन गरिएको हो ।
प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले शिक्षा सम्बन्धिको पोर्टल उद्घाटन गरेका थिए । शैक्षिक संस्थाहरुलाई प्रसाशनिक, आर्थिक, शैक्षिक तथा अन्य ब्यवस्थापकीय कार्यहरुका लागि यो पोर्टल फलदायी हुने विश्वास गरिएको छ ।
यो पोर्टल भारतस्थित ई–शिक्षा कम्पनीले निर्माण गरी ५ सय भन्दा बढी भारतीय शैक्षिक संस्थाहरुले प्रयोग गर्दै आईरहेको ई शिक्षा प्रणाली एवं कागजरहित संरचनाको विकास गरी सम्पूर्ण स्कुल तथा कलेजलाई आधुनिकीकरण गर्नुका साथै अभिभावक तथा विद्यार्थीहरुलाई सम्पुर्ण कार्य अनुगमन गर्न लाभदायीक हुने विश्वासका साथ प्रभु ग्रुपले नेपालमा अघि बढाएको हो ।
विद्यार्थी, यातायात, पुस्तकालय, होमवर्क, वित्तीय विवरण, हाजिरी, परीक्षा, परामशर्, बिज्ञापन, अनलाइन जाँच, लगायतका सुविधा चौविसै घण्टा तथा सातैदिन प्रभुको सञ्जालबाट शुल्क संकलन, ई–बैकिङ एवं रुपैया कार्डबाट तिर्न मिल्ने जनाइएको छ ।
0 Comments